Kathmandu Press

राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित

राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित
राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित

काठमाडौं, भदौ १६ : राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव पारित भएको छ।

मंगलबार बसेको सभामा राष्ट्रिय सभामा सभाका अध्यक्ष नारायण प्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो।

भदौ १० गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढीका कारण ठूलो धनजनको क्षति भएको छ। उक्त बाढीमा परेर ज्यान गुमाएकाहरूप्रति राष्ट्रिय सभाले श्रद्धान्जली अर्पण गरेको छ। शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्बन्धित राष्ट्र र समुदायप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

विशेष प्रस्तावमार्फत राष्ट्रिय सभाले बाढी प्रभावितको उद्धार र राहतको विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गरेको छ। घाइतेहरूको निशुस्ल्क उपचार गराउन आग्रह गरिएको छ। 

वैज्ञानिक रुपमा शव व्यवस्थापन गर्न भनिएको छ। साथै भौतिक संरचनाको पुर्ननिर्माणका लागि तहगत सरकारहरूबीच समन्वय गर्न आग्रह गरिएको छ।

स्थानीय समुदाय, नागरिक समाज, विकास साझेदार तथा अन्तराष्ट्रियलाई सहयोगका लागि अपिल गरिएको छ। विपद्को समयमा राष्ट्रिय एकता कायम गर्न र भविष्यमा आउन सक्ने यस्ता विपद्को पूर्वतयारीको काम अघि बढाउन आग्रह गरिएको छ।

प्रकाशित मिति: १६:२८ बजे, मंगलबार, भदौ १६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्