Kathmandu Press

सान्चो चम्किँदा डर्टमन्ड विजयी

काठमाडौं, जेठ १९ : इंग्लिस युवा स्ट्राइकर जडोन सान्चोको उत्कृष्ट प्रदर्शन मद्दतमा जर्मन क्लब बोरुसिया डर्टमन्डले बुन्डेस लिगामा सानदार जित हात पारेको ....

सान्चो चम्किँदा डर्टमन्ड विजयी

काठमाडौं, जेठ १९ : इंग्लिस युवा स्ट्राइकर जडोन सान्चोको उत्कृष्ट प्रदर्शन मद्दतमा जर्मन क्लब बोरुसिया डर्टमन्डले बुन्डेस लिगामा सानदार जित हात पारेको छ। सान्चोले ह्याट्रिक गरेपछि आइतबार राति भएको खेलमा डर्टमन्डले पाडबोर्नलाई ६–१ ले हरायो।

डर्टमन्डको सानदार जितमा सान्चोको ह्याट्रिक अलावा थोर्गन हाजार्ड, अचर्फ हाकिमी र मार्सेल स्मेल्जरले एक एक गोल गरे भने पार्डाबोर्नका उवे हुएनेमिरले सान्त्वना गोल फर्काए।

लिगको पुछारमा रहेको पाडबोर्नले डर्टमन्डलाई पहिलो हाफमा गोलरहित बराबरीमै रोकेको थियो। तर, दोस्रो हाफमा डर्टमन्डले उत्कृष्ट खेल्यो र पाडबोर्नको डर्टमन्डलाई रोक्ने अभियान सफल हुन सकेन।

५४औं मिनेटमा हाजार्डको गोलबाट अग्रता लियो भने लगत्तै ५७औं मिनेटमा सान्चोले गोल गर्दै डर्टमन्डको अग्रता दोब्बर बनाए। पाडबोर्नका हुएनेमिरले ७२औं मिनेटमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। उनले पेनाल्टीमा गोल गरेका थिए।

त्यसपछि डर्टमन्डले आफ्नो आक्रामक खेललाई निरन्तरता दियो र गोल खाएलगत्तै गोल थप्यो। ७४औं मिनेटमा सान्चोले गोल गरेका थिए। तेस्रो गोल गरेपछि पाडबोर्नले आफ्नो लय गुमायो, त्यसको फाइदा उठाउँदै डर्टमन्डले पाँच मिनेटमा तीन गोल थप्दै फराकिलो जित सुनिश्चित ग¥यो।

उसका लागि ८५औं मिनेटमा हाकिमीले गोल गरेका थिए भने ८९औं मिनेटमा स्मेल्जरले गोल गर्दै टिमलाई ५–१ को अवस्थामा ल्याए। इन्जुरी सयमको पहिलो मिनेटमै सान्चोले आफ्नो ह्याट्रिक पुरा गरे भने टिमलाई ६–१ को फराकिलो जित दिलाए।

जितसँगै डर्टमन्डले शीर्ष स्थानको बायर्न म्युनिखसँगको दुरी ७ अंकका झारेको छ। डर्टमन्डको ६० अकं भएको छ भने बायर्नको ६७ अंक छ। पाडबोर्नको भने १९ अंकका साथ पुछारमा छ। रेलिगेसनमा पर्ने निश्चितजस्तै छ।

प्रकाशित मिति: १०:३७ बजे, सोमबार, जेठ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्