Kathmandu Press

कोरोनाबाट बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन

काठमाडौं, जेठ १९ : बलिउडका चर्चित संगीतकार वाजिद खानको कोरोना भाइरसको संक्रमणबाट ४२ वर्षको उमेरमा निधन भएको छ।

उनको आइतबार बिहान मुम्बईको एक....

कोरोनाबाट बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन
एजेन्सी

काठमाडौं, जेठ १९ : बलिउडका चर्चित संगीतकार वाजिद खानको कोरोना भाइरसको संक्रमणबाट ४२ वर्षको उमेरमा निधन भएको छ।

उनको आइतबार बिहान मुम्बईको एक अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मिर्गौला संक्रमण भएपछि उनको मृत्यु भएको जनाएको छ।

Hardik ivf

उनी मिर्गौलामा समस्या भएपछि अस्पताल भर्ना भएका थिए। कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको थियो। एक सातादेखि उनी कोरोनासँग लडिरहेका थिए।

उनी यस अघि पनि मिर्गौलाको उपचारका लागि अस्पताल भर्ना भएका थिए। यस पटक भने कोरोना संक्रमण भएपछि घर फर्किन पाएनन्। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

उनी बलिउडका चर्चित संगीतकार हुन्। बलिउड अभिनेता सलमान खानका संगीत निर्देशक समेत हुन्।

उनले दबंग, वांटड, वीर, नो प्रॉब्लम, गॉड तुस्सी ग्रेट हो, पार्टनरलगायत कयौं फिल्ममा गीत पनि गाएका थिए।

साजिद-वाजिदको जोडीले एक था टाइगर, दबंग, दबंग-२, दबंग-३,पार्टनर, सन ऑफ सरदार, राउड़ी राठौर, हाउसफुल-२ लगायतका चर्चित फिल्ममा संगीत दिएका थिए।

प्रकाशित मिति: १०:२१ बजे, सोमबार, जेठ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्