चिलिमे र अपर त्रिशूली–१ को टनेलमा ३ वटा शव भेटिए
नेपाली सेनाका अनुसार चिलिमेको टनेलमा दुई र त्रिशूली–१ को टनेलमा एक शव भेटिएको हो।
काठमाडौं, भदौ १५ : चिलिमे र अपर त्रिशूली–१ जलविद्युत् आयोजनाका टनेलमा तीन जनाको शव भेटिएको छ।
नेपाली सेनाका अनुसार चिलिमेको टनेलमा दुई र त्रिशूली–१ को टनेलमा एक शव भेटिएको हो।
विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको टनेलभित्र करिब १०० मिटर प्रवेश गरी खोजी गर्ने क्रममा ती शव भेटिएका हुन्। हिलोले पुरिएको अवस्थामा शव फेला पारेको सेनाले जनाएको छ।
यस्तै, अपर त्रिशूली–१ मा खोज तथा उद्धार टोलीले टनेलभित्र करिब ३०० मिटरसम्म प्रवेश गरी खोजी कार्य गरेको थियो।
प्रकाशित मिति: १२:२६ बजे, सोमबार, भदौ १५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











