भोटेकोशी बाढी राष्ट्रिय शोकको विषय हो, विपत्तिमाथि राजनीति गर्नु हुँदैन :ओली
‘जनको क्षति अपूरणीय हुन्छ। धनको क्षति तत्कालका लागि असुविधा हुनसक्छ, पछि त्यसलाई जोड्दै जान सकिन्छ। तर जीवनको क्षति अत्यन्तै पीडादायक हुन्छ,’ ओलीले भने ।
काठमाडौं, भदाै १४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति राष्ट्रिय शोक र पीडाको विषय भएको बताएका छन्।
आइतबार एमालेको कार्यक्रममा बोल्दै ओलीले भोटेकोशीमा आएको बाढी असाधारण, भयावह र विनाशकारी रहेको बताए। यस प्रकारको क्षति यसअघि त्रिशूलीमा समेत नदेखिएको बताउँदै उनले बाढीका कारण ठूलो जनधनको क्षति भएको बताए।
‘जनको क्षति अपूरणीय हुन्छ। धनको क्षति तत्कालका लागि असुविधा हुनसक्छ, पछि त्यसलाई जोड्दै जान सकिन्छ। तर जीवनको क्षति अत्यन्तै पीडादायक हुन्छ,’ ओलीले भने ।
उनले बाढीले मानिसलाई उम्कने सम्भावनासमेत नदिई बगाएको बताए । ओलीले अहिलेको विपत्ति राष्ट्रिय शोक र पीडाको समय भएकाले यस्तो अवस्थामा कसैले पनि राजनीतीकरण गर्न नहुने बताए।
‘यो साझा पीडा हो, साझा शोकको बेला हो । यस पीडालाई समाधान गर्ने पनि साझा दायित्व हो,’ ओलीले भने।
उनले विपत्तिबाट प्रभावित नागरिकको गर्ने पनि सबै पक्षले साझा जिम्मेवारी रहेको बताए।











