त्रिशुली थ्री ‘ए’ को सुरुङ भेटियो
विद्युत् गृहको ओभरहलिङमा करिब ४०–४२ जना उच्च विज्ञसहितको प्राविधिक जनशक्तिले काम गरिरहेको र उनीहरू सुरुङभित्र फसेको अनुमान छ।
काठमाडौं, भदौ १४ : भोटेकोशी बाढीले पुरेको त्रिशुली थ्री–‘ए’ जलविद्यतु आयोजनाको सुरुङमा भेटिएको छ।
बाढीपछि त्यहाँ फसेका कर्मचारीहरूको उद्धारका लागि परिचालित टोलीले तीन दिनको प्रयासपछि सुरुङ फेला पारेको हो।
उद्धारमा खटेको टोलीले ‘केबल एक्सेस टनेल’ फेला पारेको नेपाल विद्युत विद्युत् प्राधिकरणले जनाएको छ।
नेपाली सेना, नेपाल विद्युत् प्राधिकरणको टिम तथा सुरुङ विज्ञहरूको टोलीले विद्युत् गृहबाट तार बाहिर निकाल्ने सुरुङ भेट्टाएको हो।
विद्युत् गृहको ओभरहलिङमा करिब ४०–४२ जना उच्च विज्ञसहितको प्राविधिक जनशक्तिले काम गरिरहेको र उनीहरू सुरुङभित्र फसेको अनुमान छ।
यो सुरुङबाट अब उद्धार विज्ञलाई भित्र पठाएर अवस्थाबारे जानकारी लिने तयारी भएको भइरहेको छ। यसअघि उद्धार टोलीले भित्र हावा पठाउन पाँचवटा ड्रिल बनाएको थियो।
प्रकाशित मिति: १६:१२ बजे, आइतबार, भदौ १४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











