गण्डकी प्रदेशमा थपिए ३ कोरोना संक्रमित
काठमाडौं, जेठ १९ : गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासीमा थप तीन ....

काठमाडौं, जेठ १९ : गण्डकी प्रदेशमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासीमा थप तीन जनामा कोरोना संक्रमण भेटिएको हो।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका ठेगाना भई सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका २२ र ३६ वर्षका २ जना पुरुष र सोहि जिल्ला कोबिनयत्रिवेणी गाउँपालिका ठेगाना भई सोहि नगरपालिका स्थित क्वारेन्टाइनमा रहेका १४ वर्षका एक बालकमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
उनीहरु तीनै जनालाई अहिले जिल्ला अस्पताल लैजाने तयारी भैरहेको छ। यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ।
प्रकाशित मिति: ०७:३६ बजे, सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











