Kathmandu Press

त्रिशुलीको बहाब बढ्यो, तर, सतर्कता अपनाए उद्धार जारी

त्रिशुली नदीमा पानीकाे बहाब बढेपनि सतर्कता अपनाउँदै माटो तथा लेदो हटाउन पुनः डोजर र भारी उपकरणहरू परिचालन गर्ने तयारी गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। 
त्रिशुलीको बहाब बढ्यो, तर, सतर्कता अपनाए उद्धार जारी

काठमाडौं, भदौ १४ : त्रिशुली नदीमा पानीकाे बहाब बढेपछि उद्धार प्रभावित भएको बताइएको छ। 

आज बिहान ४ बजेदेखि त्रिशुली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको बताइएको छ। माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका मानिसहरुको उद्धार कार्या प्रभावित भएको छ। 

सतर्कता अपनाउँदै माटो तथा लेदो हटाउन पुनः डोजर र भारी उपकरणहरू परिचालन गर्ने तयारी गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। 

माथिल्लो त्रिशुली ३ ‘ए’ मा फसेका मानिसहरूको उद्धार कार्यलाई सरकारले गत रातभर जारी रखेको थियो। 

नदीको सतह अत्यधिक बढेपछि त्यसले आयोजना क्षेत्रको किनार तीव्र रूपमा काट्न सुरु गरेको कार्यालयले जनाएको छ।

पहिरो र माटोले पुरिएको त्रिशूली ३ एको टनेल पोर्टल तथा पावर हाउस नियन्त्रण गर्ने १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर र सेटअप बक्सहरू सुरक्षित रूपमा निकाल्न सरकारले  हेलिकोप्टरमार्फत ‘स्पेशल फोर्स’ परिचालन गर्ने तयारी गरेको छ।
 

प्रकाशित मिति: ११:५८ बजे, आइतबार, भदौ १४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्