Kathmandu Press

५० टन राहत सामग्रीसहित चिनियाँ दुई विमान काठमाडौं आए

आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला ट्रान्सपोर्ट विमानहरू राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।
५० टन राहत सामग्रीसहित चिनियाँ दुई विमान काठमाडौं आए

काठमाडौं, भदौ १४ : भोटोकोशी बाढी पीडितका लागि ५० टन राहत सामग्री लिएर चीनका दुई विमान नेपाल आएका छन्। 

आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० ठूला ट्रान्सपोर्ट विमानहरू राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।

विमानमार्फत आपत्कालीन राहत सामग्रीका साथै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरण रहेको चिनियाँ दुतावासले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हस्तान्तरण गरिएको छ। 

राहत सामग्री हस्तान्तरण समारोहमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थिति रहेको थियो। 

प्रकाशित मिति: ११:५२ बजे, आइतबार, भदौ १४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्