Kathmandu Press

बाढी प्रभावित नागरिकको आवतजावतका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

बाढी प्रभावित नागरिकको आवतजावतका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

काठमाडौं, भदाैं१४ :  विनाशकारी बाढीबाट प्रभावित भई अलपत्र परेका नागरिकलाई आवतजावतमा सहयोग पु¥याउने उद्देश्यले काठमाडौं महानगरपालिकाले निःशुल्क यातायात सेवाका लागि दुईवटा सवारीसाधन नुवाकोटतर्फ परिचालन गरिएको छ ।

महानगरपालिकाले आज बिहान ६ बजे काठमाडौंमा रहेका दुईवटा गाडी महानगर प्रहरीसहितको टोली लिएर नुवाकोटतर्फ प्रस्थान गरेका हुन् ।

बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा अलपत्र परेका नागरिकलाई आवश्यक सहयोग तथा सुरक्षित स्थानान्तरणमा सहजीकरण गर्ने उद्देश्यले महानगरले टोली परिचालन गरिएको हो ।

प्रकाशित मिति: ०७:४६ बजे, आइतबार, भदौ १४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्