Kathmandu Press

जलविद्युत्को सुरुङभित्र फसेकाहरूको उद्धारको प्रयास जारी, प्रवेशद्वार खोलिँदै

सुरुङभित्र मानिसहरू फसेको सूचना आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरेको हो । टोलीले सुरुङको प्रवेशद्वारमा थुप्रिएको लेदो तथा भग्नावशेष हटाउँदै भित्र जाने बाटो खुलाउने प्रयास गरिरहेको छ।
जलविद्युत्को सुरुङभित्र फसेकाहरूको उद्धारको प्रयास जारी, प्रवेशद्वार खोलिँदै

काठमाडौं, भदाै १३ : रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले दुई दिनदेखि निरन्तर प्रयास गरिरहेको जनाएको छ।

उद्धार कार्यअन्तर्गत शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कामलाई थप तीव्रता दिइएको छ।

सुरुङभित्र मानिसहरू फसेको सूचना आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरेको हो । टोलीले सुरुङको प्रवेशद्वारमा थुप्रिएको लेदो तथा भग्नावशेष हटाउँदै भित्र जाने बाटो खुलाउने प्रयास गरिरहेको छ।

सुरुङको मुख खोल्ने तथा खोजी कार्यलाई तीव्र बनाउन शुक्रबार रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका गरी २० जना सुरक्षाकर्मी संलग्न ८२ सदस्यीय संयुक्त टोली निरन्तर खटिएको छ। प्रतिकूल मौसमका कारण उद्धार कार्य भने चुनौतीपूर्ण बनेको छ।

photo_93a9f79d-1787990360.jpg
 
यसैबीच, उद्धारमा सहयोग गर्न भारतबाट आएको टोली त्रिशूली पुगेको छ। 

भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक हवाई अनुगमन गरी अवस्थाको मूल्यांकन गर्ने र आवश्यकताअनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको छ।

प्रकाशित मिति: १३:४४ बजे, शनिबार, भदौ १३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्