अमेरिकामा २४ घण्टामा २० हजार वढी संक्रमित
काठमाडौं, जेठ १९ : कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्ट....

काठमाडौं, जेठ १९ : कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६३० जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १ लाख ६ हजार १८७ पुगेको छ ।
कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार १४५ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै कुल संक्रमितको संख्या १८ लाख ३६ हजार ९६५ पुगेको छ ।
प्रकाशित मिति: ०७:०८ बजे, सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











