Kathmandu Press

चीनमा बनेको ठूलो तालबाट ग्ल्यासियरहरू फुटेको हो, तत्काल ठूलो जोखिम छैन : सरकार

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल ठूलो जोखिम नरहेको  बताए।
चीनमा बनेको ठूलो तालबाट ग्ल्यासियरहरू फुटेको हो, तत्काल ठूलो जोखिम छैन : सरकार

काठमाडौं, भदौ १२ : सरकारले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो तालबाट ग्ल्यासियरहरू फुटेको बताएको छ। 

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल ठूलो जोखिम नरहेको  बताए।

मन्त्री पोखरेलले परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको र उताबाट पनि त्यस्तो ठूलो जोखिम नरहेको खबर आएको बताए

ड्याम नै फुटेको भन्ने नभएको तर ग्ल्यासियरहरू भने फुटेको कारणले लेदोसहितको पानी ओभरफ्लो भएको उनले बताए। उनले तटीय क्षेत्रका बासिन्दालाई सतकर्ता अपनाउन आग्रह गरे।
 
प्रकाशित मिति: १३:४९ बजे, शुक्रबार, भदौ १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्