Kathmandu Press

भोटोकोशमाथि चीनमा पहिराेले बनेको ताल फुट्यो,  सतर्कता अपनाउन आग्रह

चिनियाँ पक्षको सो सूचना लगत्तै रसुवा प्रशासनले नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर गरिरहेको छ।
भोटोकोशमाथि चीनमा पहिराेले बनेको ताल फुट्यो,  सतर्कता अपनाउन आग्रह

काठमाडौं, भदौ १२ : रसुवाको भोटोकोशी माथि चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ।

चिनियाँ पक्षले उक्त ताल फुटेको जानकारी गराएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ। 

चिनियाँ पक्षको सो सूचना लगत्तै रसुवा प्रशासनले नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर गरिरहेको छ।

छोचेन खोला र पुरेपु त्रिशूली नदी अन्तर्गतका माथिल्ला सहायक नदीको रूपमा चिनिन्छ। बाँध फुट्ने जोखिमलाई मध्यनजर राखेर चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेकोको थियो।

बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको बताइएको छ। 

सो तालबाट थप बाढीको जोखिम बढेपछि चीनले समेत तिब्बतमा जारी उद्धार अभियानलाई स्थगित गरिसकेको छ।

प्रकाशित मिति: १२:०० बजे, शुक्रबार, भदौ १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्