Kathmandu Press

रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाले ५० लाख डलर बराबरकाे सहायता गर्ने

अष्ट्रेलिया सरकारले शुक्रबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त सहायता उपलब्ध गराउने जनाएको हो।
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाले ५० लाख डलर बराबरकाे सहायता गर्ने

काठमाडौं, भदौ १२ : रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

अष्ट्रेलिया सरकारले शुक्रबार विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त सहायता उपलब्ध गराउने जनाएको हो।

अष्ट्रेलियाले आगामी ४८ घण्टाभित्र तीन जना मानवीय सहायता विशेषज्ञको प्रारम्भिक टोली नेपाल पठाउने जनाको छ। उनीहरूले काठमाडौंमा रहेका अष्ट्रेलियाली कर्मचारीसँग समन्वय गर्दै मानवीय अवस्थाको मूल्यांकन, व्यवस्थापन, सञ्चार तथा राहत योजनामा सहयोग गर्नेछन्।

अष्ट्रेलियाको ‘अष्ट्रेलिया असिस्ट्स’ कार्यक्रमअन्तर्गत परिचालन हुने टोलीमा मानवीय सहायता तथा विपद् व्यवस्थापनसम्बन्धी विशेषज्ञहरू रहनेछन्।

बाढीमा कम्तीमा ३९ जना अष्ट्रेलियाली नागरिक बेपत्ता भएको बताइएको छ। 
 
प्रकाशित मिति: ११:३८ बजे, शुक्रबार, भदौ १२, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्