विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षामन्त्रीको निर्देशन
शिक्षामन्त्री सस्मित पोखरेलले मौजुदा विश्वविद्यालय सम्बन्धी ऐनले दिएको अधिकार प्रयोग गर्दै भदौ १३ देखि सञ्चालन हुने तय भएका सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सम्बन्धित उपकुलपतिहरूलाई निर्देशन दिएका हुन्।
काठमाडौं, भदौ १२ : प्राकृतिक विपतका कारण जनजीवन प्रभावित भएको भन्दै शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ।
शिक्षामन्त्री सस्मित पोखरेलले मौजुदा विश्वविद्यालय सम्बन्धी ऐनले दिएको अधिकार प्रयोग गर्दै भदौ १३ देखि सञ्चालन हुने तय भएका सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सम्बन्धित उपकुलपतिहरूलाई निर्देशन दिएका हुन्।
मन्त्री पोखरेलद्वारा जारी निर्देशनमा भदौ १२ गते सञ्चालित परीक्षामा विपदका कारण सहभागी हुन नसकेका परीक्षार्थीका लागि अनुकूल समयमा पुनस् परीक्षाको व्यवस्था मिलाउन भनिएको छ।
प्रकाशित मिति: ११:३२ बजे, शुक्रबार, भदौ १२, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार