दाङका कोरोना संक्रमितमा डेङ्गु पनि
दाङ, जेठ १८ : दाङका एक कोरोना संक्रमितमा डेङ्गु रोग भेटिएको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपाल....

दाङ, जेठ १८ : दाङका एक कोरोना संक्रमितमा डेङ्गु रोग भेटिएको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दका अनुसार बबई गाउँपालिका वडा नं ६ निवासी ३० वर्षीय पुरुषमा डेंङ्गु रोग भेटिएको हो।
कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत उनलाई नियमित ज्वरो आएपछि परीक्षण गर्दा डेङ्गु भेटिएको जनाइएको छ। चन्दका अनुसार उनको रगत र पिसाब परीक्षण गर्दा डेङ्गु पोजेटिभ देखिएपछि त्यहीअनुसार उपचार भइरहेको छ।
यही जेठ १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो।
प्रकाशित मिति: १९:४२ बजे, आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











