Kathmandu Press

विदुरमा घाइतेहरुलाई भेट्दै प्रधामनत्री बालेन

प्रधानमन्त्री बालेनले विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको ‘ब्रिफिङ’ सकेर अहिले घाइतेहरूलाई भेटिरहेका छन्। 
विदुरमा घाइतेहरुलाई भेट्दै प्रधामनत्री बालेन

नुवाकोट, भदौ ११ : प्रधानमन्त्री बानेल शाह रसुवाको भोटेकोसीमा आएको बाढीबाट भएको क्षति र खोज उद्धार कार्यको निरीक्षणका लागि नुवाकोटको विदुर पुगेका छन्।
 
प्रधानमन्त्री बालेनले विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको ‘ब्रिफिङ’ सकेर अहिले घाइतेहरूलाई भेटिरहेका छन्। 

प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको ‘ब्रिफिङ’मा प्रधानमन्त्री शाहलाई नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र जिल्ला प्रहरी प्रमुख विपीन रेग्मीले बाढीबाट भएको मानवीय र भौतिक क्षतिको अवस्थाबारे जानकारी गराएका थिए। 

प्रधानमन्त्री शाह बिहीबार बिहान सडकमार्ग भएर बाढीबाट भएको क्षति र खोज उद्धार कार्यको निरीक्षणका लागि नुवाकोटतर्फ लागेका थिए । प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल पनि रहेका छन्। 

प्रकाशित मिति: १४:४७ बजे, बिहीबार, भदौ ११, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्