Kathmandu Press

दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न : सभापति लामिछाने

 ‘दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुननिर्माणमा सबै राजनीतिक दलमा लागौं,’ बैठकको सुरुमै लामिछानेले भने।
दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न : सभापति लामिछाने

काठमाडौं, भदौ ११ : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुर्ननिर्माणमा जुट्न आह्वान गरेका छन्।

सिंहदरवारमा जारी सर्वदलीय बैठकमा उनले यस्तो आह्वान गरेका छन्। सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक जारी छ।

बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, जसपा नेपालका नेता महन्थ ठाकुर, लगायत उपस्थित छन् 

अर्थमन्त्री स्वर्णिम वाग्ले, रास्वपा संसदीय दलका नेता गणेश पराजुली, रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, रास्वपाका मुख्य सचेतक कबीन्द्र बुर्लाकोटी, रास्वपाका प्रवक्ता जगदिश खरेल लगायत उपस्थित रहेका छन्।

 ‘दलगत पहिचान निषेध गरेर राहत, उद्धार र पुननिर्माणमा सबै राजनीतिक दलमा लागौं,’ बैठकको सुरुमै लामिछानेले भने।

सामाजिक सञ्जालको सही सदुपयोगका लागि पनि सबै एक ठाउँमा उभिनुपर्ने उनको आग्रह छ ।

प्रकाशित मिति: १२:१८ बजे, बिहीबार, भदौ ११, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्