दाङमा थप ९ नाममा कोरोनाको संक्रमण पुष्टि
घोराही, जेठ १८ : दाङमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको पर....

घोराही, जेठ १८ : दाङमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको कामु रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिए।
तुलसीपुरको रक्षाचौर क्वरेन्टाइनमा रहेका पाँच जना र गढवास्थित जनता सेकेण्डरी स्कुलको क्वारेन्टाइनमा रहेका चार जनामा कोरोनाको संक्रमण पुष्टि भएको कामु रजिष्ट्रार देवले बताए।
संक्रमितहरु तुलसीपुर उपमहानगरपालिका ६, १५ र १६ का १८, २०, २०, २३ र ३२ वर्षका पुरुष रहेका छन्। यस्तै, गढवा गाउँपालिका ६ र ७ का २४ र ३६ वर्षीय पुरुष, लमही नगरपालिका–१ का ४० वर्षीय पुरुष र राप्ती गाउँपालिका–८ का ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको कामु रजिष्ट्रार देवले बताए।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १५७६ पुगेको छ। संक्रमितमध्ये २२० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने आठ जनाको मृत्यु भएको छ।












