Kathmandu Press

भोटेकोशी बाढीपछि संसद्को आजको सम्पूर्ण कार्यसूची हटाइयो

बुधबारको बैठकमा सभामुख अर्यालले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यस घडीमा घाइतेको उद्धार तथा उपचार, बेपत्ताको खोजी र प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन आवश्यक समन्वय तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराए ।
भोटेकोशी बाढीपछि संसद्को आजको सम्पूर्ण कार्यसूची हटाइयो

काठमाडौं, भदाै १० : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बुधबारको प्रतिनिधिसभा बैठकको सम्पूर्ण कार्यसूची हटाइएको जानकारी दिएका छन् ।

बुधबारको बैठकमा सभामुख अर्यालले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को यस घडीमा घाइतेको उद्धार तथा उपचार, बेपत्ताको खोजी र प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन आवश्यक समन्वय तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराए ।

उनले विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा सहयोगका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन हुनुपर्ने बताए।

सभामुख अर्यालले उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग र समन्वय गर्न निजी क्षेत्र, गैरसरकारी संस्था तथा नागरिक समाजलाई समेत आग्रह गरे ।

विपद्को गम्भीर अवस्थालाई ध्यानमा राख्दै प्रतिनिधिसभाको बुधबारको बैठकमा तय भएका सम्पूर्ण कार्यसूची हटाइएको उनले जानकारी दिए ।

‘राज्यका सम्पूर्ण संयन्त्र नै उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने अवस्था रहेको छ,’ सभामुख अर्यालले भने।

प्रकाशित मिति: १६:३४ बजे, बुधबार, भदौ १०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्