Kathmandu Press

विपद् व्यवस्थापनका लागि अत्याधुनिक उपकरणमा लगानी गर्न हर्क साम्पाङको सुझाव

उनले पछिल्लो घटनाले देशलाई विपद् व्यवस्थापनका विषयमा गम्भीर पाठ सिकाएको बताए। विपद्मा परेकाहरूको उद्धार, राहत र पुनस्र्थापनाका लागि सबै राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
विपद् व्यवस्थापनका लागि अत्याधुनिक उपकरणमा लगानी गर्न हर्क साम्पाङको सुझाव

काठमाडौं, भदाै १० : श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले पछिल्लो प्राकृतिक विपद्बाट पाठ सिक्दै विपद् व्यवस्थापनका लागि आवश्यक अत्याधुनिक उपकरण तथा प्रविधिको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साम्पाङले अकल्पनीय प्राकृतिक विपद्का कारण ठूलो क्षति बेहोर्नुपरेको भन्दै दुःख व्यक्त गरे। उनले भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सरकारले प्रतिक्रियात्मकभन्दा पनि पूर्वतयारीमा आधारित योजना बनाउनुपर्ने बताए।

साम्पाङले सडक तथा पुल निर्माणभन्दा पनि विपद्का बेला तत्काल उद्धार गर्न आवश्यक उपकरण र स्रोतसाधनको व्यवस्थामा प्राथमिकता दिनुपर्ने धारणा राखे । हेलिकप्टर, एम्बुलेन्स तथा अत्याधुनिक प्रविधियुक्त विपद् व्यवस्थापन उपकरण पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने उनको सुझाव छ।

उनले पछिल्लो घटनाले देशलाई विपद् व्यवस्थापनका विषयमा गम्भीर पाठ सिकाएको बताए। विपद्मा परेकाहरूको उद्धार, राहत र पुनस्र्थापनाका लागि सबै राजनीतिक दल एकजुट भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

सांसद साम्पाङले विपद्का समयमा नेपाल, चीन र भारतबीच सूचना आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्ने बताए। चीनबाट सुरु भएको बाढी नेपाल हुँदै भारततर्फ जाने भएकाले सम्भावित जोखिमबारे सम्बन्धित देशबीच समयमै आधिकारिक सूचना आदानप्रदान हुनुपर्ने उनको भनाइ छ।

सामाजिक सञ्जाल, भिडियो तथा एआईबाट उत्पादित सामग्रीलाई मात्र आधार बनाएर विपद्सम्बन्धी सूचना प्रवाह गर्न नहुने भन्दै उनले आधिकारिक सूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

साम्पाङले उद्धारका क्रममा समेत थप जोखिम हुन सक्ने भएकाले उद्धारकर्मीहरू सजग भएर अघि बढ्नुपर्ने बताए। बाढी तथा अन्य प्राकृतिक घटनापछि जमिन कमजोर हुनसक्ने र थप क्षति हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर उद्धार कार्य सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।

उनले विपद्को समयमा सत्तापक्ष र प्रतिपक्षको विभाजनभन्दा माथि उठेर राष्ट्रिय एकताका साथ काम गर्नुपर्ने बताए। 

साम्पाङले विपद् प्रभावित नागरिकको सुरक्षा, उद्धार र पुनस्र्थापनालाई साझा राष्ट्रिय दायित्वका रूपमा लिएर सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १५:५५ बजे, बुधबार, भदौ १०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्