डोटीको सुजङ अस्पतालमा सुत्केरीको मृत्यु
डोटी, जेठ १८ : डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय दिपायलका ....

डोटी, जेठ १८ : डोटीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रमेश शाहीका अनुसार जिल्लाको केआइसिंह गाउँपालिका–४ वायलकी २९ वर्षीया नारु कार्कीकाे मृत्यु भएको हो।
मृत्युको कारणबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ।
सुत्केरी व्याथा लागेर तीन दिन पहिले अस्पताल भर्ना भएकी उनीको शल्यक्रियामार्फत सुत्केरी गराइएको थियो।
सुत्केरी भएको दुई दिनपछि आज बिहान उनीको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। नावजात शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: १७:३६ बजे, आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











