Kathmandu Press

बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा बाढीबाट भएको क्षतिको विवरणबारे जानकारी लिँदै आगामी उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको छ।
बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, भदाै १० : प्रधानमन्त्री बालेन शाहले विपद्को अवस्थामा तत्काल उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिएका छन्।

रसुवामा बुधबार बिहान आएको भीषण बाढीपछि प्रधानमन्त्री बालेन शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका थिए । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा बाढीबाट भएको क्षतिको विवरणबारे जानकारी लिँदै आगामी उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको छ।

बैठकमा बाढीले अहिलेसम्म पु¥याएको क्षतिबारे सम्बन्धित निकायबाट ब्रिफिङ लिइएको थियो। प्रधानमन्त्री शाहले विपद्को अवस्थामा तत्काल उद्धार, खोज तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिएका छन्।

उनले बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोजी तथा राहतका लागि सबैलाई आ–आफ्नो ठाउँबाट सक्रिय भएर परिचालित हुन आग्रह गरेका छन्।

प्रकाशित मिति: १४:१३ बजे, बुधबार, भदौ १०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्