Kathmandu Press

गृहमन्त्रीले सनदमा रसुवा बाढीबारे जानकारी दिने

प्रतिनिधि सभाको आजको बैठकमा गुरुङले बाढीबाट भएको क्षतिबारे जानकारी दिने तयारी गरिरहेको बताइएकाे छ।
गृहमन्त्रीले सनदमा रसुवा बाढीबारे जानकारी दिने

काठमाडौं, भदौ १० : गृहमन्त्री सुदन गुरुङले रसुवा बाढीबारे सदनलाई जानकारी दिने भएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा गुरुङले बाढीबाट भएको क्षतिबारे जानकारी दिने तयारी गरिरहेको बताइएकाे छ। बैठक दिउँसो १ बजेका लागि डाकिएको छ।

आजको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम भने नहुने भएको छ। बैठक छोटो र संक्षिप्त गर्ने तयारी भइरहेको छ।

प्रधानमन्त्री शाहले अहिले आकस्मिक मन्त्रिपरिषद्को बैठक डाकेका छन्। उनी राहत तथा उद्दारको कामको निगरानी र परिचालनमा जुटिरहेका छन्।

प्रकाशित मिति: १३:१० बजे, बुधबार, भदौ १०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्