त्रिशुली बजारमा पस्यो बाढी
बाढीले व्यापारिक पसल, भौतिक संरचना र सडक क्षेत्रमा क्षति पुर्याएको छ। बजार क्षेत्र तथा त्रिशूली चोक आसपासका घरहरूमा बाढी पसेर लेदो र पानी भरिएको छ।
नुवाकोट, भदौ १० : नुवाकोट विदुर नगरपालिका(१ को त्रिशूली बजारमा बाढी पसेको छ। बुधबार बिहान तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा बाढी आएपछि बजारमा पसेको हो।
त्रिशूली नदीमा आएको बाढी बजार क्षेत्र र आसपासका बस्तीमा पस्दा ढोकेढुङ्गा, अकरे, टोलेगाउँ लगायतका क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ।
बाढीले व्यापारिक पसल, भौतिक संरचना र सडक क्षेत्रमा क्षति पुर्याएको छ। बजार क्षेत्र तथा त्रिशूली चोक आसपासका घरहरूमा बाढी पसेर लेदो र पानी भरिएको छ।
बाढीका कारण भएको मानवीय तथा कुल भौतिक क्षतिको यकिन विवरण आउन बाँकी छ ।
स्थानीयको उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी, सेनासँगै स्थानीय पनि खटिएका छन्।
प्रकाशित मिति: १३:०६ बजे, बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार