रसुवाबाट १२ जनाको उद्धार
बुधबार बिहान ९ बजे आएको बाढीबाट प्रभावित विभिन्न ठाउँबाट १२ जनाको उद्धार भएको नेपाली सेनाले जनाएको छ।
काठमाडौं, भदौ १० : रसुवाको बाढीबाट प्रभावित क्षेत्रबाट १२ जनाको उद्धार भएको छ।
बुधबार बिहान ९ बजे आएको बाढीबाट प्रभावित विभिन्न ठाउँबाट १२ जनाको उद्धार भएको नेपाली सेनाले जनाएको छ।
सेनाको हेलिकप्टरबाट स्याफ्रुबेँशीबाट ६ जना, मैलुङबाट दुई जना र धुन्चेबाट ४ जनाको उद्धार भएको हो।
अहिले बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको चार वटा र निजी कम्पनीका ८ वटा गरी १२ वटा हेलिकप्टर उद्धारमा खटिएको छ।
प्रकाशित मिति: १२:५८ बजे, बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार