बाढीले फुर्के खोला पुल बगायो
पृथ्वी राजमार्गबाट धादिङ जोड्ने त्रिशूली नदीमाथिको पुल बाढीले बगाएको हो।
काठमाडौं, भदौ १० : रसुवा हुँदै आएको बाढीले धादिङ सदरमुकाम जाने फुर्केखोला पुल बगाएको छ। पृथ्वी राजमार्गबाट धादिङ जोड्ने त्रिशूली नदीमाथिको पुल बाढीले बगाएको हो।
बाढीले पुल बगाउँदा यस क्षेत्रमा केही मान्छेहरू फसेको बताइएको छ। राजमार्गको यात्रा ज्यादै जोखिमपूर्ण रहेको बताइएको छ।
प्रकाशित मिति: १२:५५ बजे, बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











