तिब्बततर्फबाट भोटेकोशीमा ठूलो बाढी, स्याफ्रुबेसीमा ठूलो क्षति
तिब्बततर्फबाट आएको ठूलो बाढीले टिमुरे भन्सार कार्यालय र स्याफ्रुबेसीमा ठूलो क्षति गरेको प्रहरीले जनाएको छ।
रसुवा, भदौ १० : रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ। बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको हो।
तिब्बततर्फबाट आएको ठूलो बाढीले टिमुरे भन्सार कार्यालय र स्याफ्रुबेसीमा ठूलो क्षति गरेको प्रहरीले जनाएको छ।
भोटेकोशीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ।
प्रकाशित मिति: १०:१३ बजे, बुधबार, भदौ १०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार