Kathmandu Press

विप्लव समूहका नेता शर्मा साधारण तारेखमा रिहा 

भरतपुर, जेठ १८ : नेत्रविक्रम चन्द विप्लव समूहका नेता अनिल शर्मा साधारण तारेखमा रिहा भएका छन्। 

आइतबार जिल्ला अदालत चितवनका न्यायाध....

विप्लव समूहका नेता शर्मा साधारण तारेखमा रिहा 

भरतपुर, जेठ १८ : नेत्रविक्रम चन्द विप्लव समूहका नेता अनिल शर्मा साधारण तारेखमा रिहा भएका छन्। 

आइतबार जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले  अभियोग अनुसार प्रमाण नपुगेको भन्दै साधारण तारेखमा छोड्न आदेश दिएपछि शर्मा थुनामुक्त भएका हुन्।

गत वैशाख २३  मा उपचारका लागि भरतपुर अस्पताल पुगेका शर्मालाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेर राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो। 

अदालतको आदेशपछि शर्मालाई भरतपुर अस्पतालको मेडिकल वार्डमा सारिएको छ। 

प्रकाशित मिति: १६:१९ बजे, आइतबार, जेठ १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्