Kathmandu Press

कैलाली बस दुर्घटना प्रकरण : दोषीमाथि कडा कारबाही गर्न सांसद महरको माग

सांसद महरले शनिबार साँझ करिब ४ः४५ बजे कैलालीको गोदावरी नगरपालिका–२ नजिकै महाकाली यातायातको गाडीले बझाङको मष्ट गाउँपालिका–६ की सिङ्की बोहरालाई ठक्कर दिएको बताए।
कैलाली बस दुर्घटना प्रकरण : दोषीमाथि कडा कारबाही गर्न सांसद महरको माग

काठमाडौं, भदाै ८ : नेकपा एमालेका सांसद ऐनबहादुर महरले कैलालीमा सार्वजनिक यातायातको गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा दोषीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले शनिबार साँझ करिब ४ः४५ बजे कैलालीको गोदावरी नगरपालिका–२ नजिकै महाकाली यातायातको गाडीले बझाङको मष्ट गाउँपालिका–६ की सिङ्की बोहरालाई ठक्कर दिएको बताए। उनका अनुसार ठक्करबाट सामान्य घाइते भएकी बोहरालाई गाडीले ब्याक गरेर पुनः ठक्कर दिँइ घटनास्थलमै मृत्यु भएको हो ।

घटनापछि मृतकका आफन्तहरू घटनास्थलमा जम्मा भएर विरोध जनाउँदा प्रहरीले गाडीमाथि कानुनी कारबाही गर्नुको सट्टा शवलाई जबर्जस्ती उठाएर लगेको बताए । सो क्रममा प्रहरीले लाठी प्रहार गर्दा मृतकका श्रीमान्को टाउकोमा चोट लागेको उनले बताए ।

उनले घटनापछि भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा केही व्यक्ति घाइते भएको बताए । घाइतेमध्ये केहीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको उल्लेख गरे । प्रहरीले कति पयलाई लाठी लानेर घाइते बताएको छ । र अस्पतालमा भर्ना भएका छन् । उनको बालबचाको विजोक भएको छ । 

सांसद महरले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्न माग गरे । सार्वजनिक यातायात क्षेत्रमा देखिएको लापरबाही, गैरजिम्मेवारी र अराजकता नियन्त्रण गर्न सरकार गम्भीर बन्नुपर्ने उनले बताए ।

प्रकाशित मिति: १४:०७ बजे, सोमबार, भदौ ८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्