Kathmandu Press

खानी तथा खनिज पदार्थ विधेयक ३५ वटा संशोधन प्रस्ताव

१४ साउनमा प्रतिनिधिसभामा दर्ता भएको विधेयकउपर सांसदहरूले ३५ वटा समूहमा संशोधन प्रस्ताव दर्ता गरेका छन्।
खानी तथा खनिज पदार्थ विधेयक ३५ वटा संशोधन प्रस्ताव

काठमाडौं, भदौ ८ : खानी तथा खनिज पदार्थ विधेयक, २०८३ मा ३५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ। सांसदहरूले ३५ वटा समूहमा संशोधन प्रस्ताव राखेका हुन् ।

१४ साउनमा प्रतिनिधिसभामा दर्ता भएको विधेयकउपर सांसदहरूले ३५ वटा समूहमा संशोधन प्रस्ताव दर्ता गरेका छन्।

यो विधेयक उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ल्याएकी हुन्।

सोमबार प्रतिनिधिसभाले यो विधेयकमाथि दफावार छलफल गर्न संसदीय समितिमा पठाउँदैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ।

प्रकाशित मिति: ११:२५ बजे, सोमबार, भदौ ८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्