Kathmandu Press

भारतीय प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

नयाँदिल्ली, जेठ १८ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अर्को जीवनचित्र सार्वजनिक भएको छ।  

उनको बाल्यकालदेखिका तस्वीरहरुको संग्....

भारतीय प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

नयाँदिल्ली, जेठ १८ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अर्को जीवनचित्र सार्वजनिक भएको छ।  

उनको बाल्यकालदेखिका तस्वीरहरुको संग्रहसहितको जीवनचित्र पुस्तक शुक्रबार सार्वजनिक भएको हो।

उनले भारतको प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालको पहिलो वर्ष पुरा गरेको दिन पारेर पूर्व प्रधानन्यायाधीश के जी बालकृष्णन् मार्फत् पुस्तक सार्वजनिक गराएका हुन्।

कोरोनाभाइरसको संक्रमण फैलिने डर भएपछि भारतमा देशभरी लकडाउन लागु गरिएकाले अनलाईनमार्फत् सार्वजनिकीकरण कार्यक्रम गरिएको थियो। 

पुस्तकमा मोटो गाता र इ—बुक गरी दुई स्वरुपमा उपलब्ध छ भने २० ओटा भाषामा बनाइएको छ। तीमध्ये दश ओटा विदेशी भाषा र दश ओटा भारत भित्रका भाषा रहेका छन्।

लेखकले दिएको जानकारी अनुसार पुस्तक प्रकाशित भएका विदेशी दश भाषामा अंग्रेजी, अरबी, डच, फ्रान्सेली, इटालेली, जापानी, मन्डारिन, रुसी र स्पेनी रहेका छन्। 

त्यसैगरी भारत भित्रका हिन्दी, आसामी, बंगाली, गुजराती, कन्नाडा, मराठी, पञ्जावी, तमिल, तेलगु र उर्दु भाषामा पनि सो पुस्तक बनाइएको छ। 

प्रकाशित मिति: १५:४७ बजे, आइतबार, जेठ १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्