Kathmandu Press

पाँच संसदीय समितिका बैठक बस्दै 

पाँच संसदीय समितिका बैठक बस्दै 

काठमाडौं, भदाै : आज पाँच वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा नेपाल पर्वतारोहण संघलगायतका सरोकारवाला निकायहरूसँग छलफल गर्ने कार्यसूची छ ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे बस्ने तय भएको छ । बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव—वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदलले तयार पारेको प्राविधिक प्रतिवेदनमाथि छलफल हुनेछ । 

बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारी विषयमा छलफल हुने छ । 

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्ने भएको छ । 

बैठकमा ‘संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल हुनेछ । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो २ बजे बस्दै छ । बैठकमा विषय विज्ञ धन प्रसाद लामिछानेसँग खर्क नीतिका सम्बन्धमा छलफल हुने कार्यसूची छ 

प्रकाशित मिति: ०७:४० बजे, सोमबार, भदौ ८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्