Kathmandu Press

वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन

काठमाडौं, जेठ १८ : वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन भएको छ। आइतबार ललितपुर बागडोलस्थित आफ्नै निवासमा उनको निधन हो।

उन....

वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको निधन

काठमाडौं, जेठ १८ : वरिष्ठ कलाकार जयनन्द चन्द ठकुरीको ८० वर्षको उमेरमा निधन भएको छ। आइतबार ललितपुर बागडोलस्थित आफ्नै निवासमा उनको निधन हो।

उनी लामो समयदेखि प्यारालाइसिसका बिरामी थिए। 

उनको आजै पशुपतीस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने भएको छ। 

नेपाली फिल्म ‘जीवन रेखा’ बाट उनले नेपाली फिल्म क्षेत्रमा अभिनय सुरु गरेका थिए। साथै उनले टेलिश्रृङखला पनि उत्तिकै प्रखर भूमिका निभाएका छन्। 

भारतीय फिल्म ‘पञ्चओटी’ तथा पाकिस्तानी फिल्ममासमेत अभिनय गरेका चन्दले म्युजिक भिडियोमा पनि काम गरेका छन्। 

उनले भाग्य रेखा, फेरि भेटौँला, भागी भागी नजाऊ, विश्वास, मायालु, युद्धलगायत चलचित्रमा अभिनय गरेका छन्। 

प्रकाशित मिति: १४:५८ बजे, आइतबार, जेठ १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्