Kathmandu Press

जनकपुरमा गुठीको जग्गामा बनाइएका अतिक्रमित संरचनामा चल्यो डोजर

पहिलो चरणमा कच्ची, आंशिक र पक्की मिलाएर जम्मा ६५ वटा अनाधिकृत रुपमा निर्माण गरिएको संरचनाहरु तोड्न लागिएको प्रतिवेदन कार्यान्वय समतिको सदस्य सचिव जनक पोखरेलले जानकारी दिए।
जनकपुरमा गुठीको जग्गामा बनाइएका अतिक्रमित संरचनामा चल्यो डोजर

जनकपुर, भदौ ६ : जनकपुरधामका राजगुठी अन्तर्गत रहेका पोखरी छेउछाउको जग्गामा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाइएको छ।

केन्द्र सरकारको टोलीले साउन १ गते अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेको थियो।

शनिबारदेखि पहिलो चरणमा सातवटा पोखरीहरुको डिलमा बनाइएका अनाधिकृत संरचनाहरु तोड्न सुरु गरिएको हो। पहिलो चरणमा कच्ची, आंशिक र पक्की मिलाएर जम्मा ६५ वटा अनाधिकृत रुपमा निर्माण गरिएको संरचनाहरु तोड्न लागिएको प्रतिवेदन कार्यान्वय समतिको सदस्य सचिव जनक पोखरेलले जानकारी दिए। 

शनिबार गोरधोई पोखरी, बिसहरा पोखरी, रत्नसागर पोखरीलगायतका जम्मा सातवटा पोखरी वरिपरिका संरचनाहरु हटाइने पोखरेलले बताए।

२०६२ सालको प्रतिवेदन अनुसार जम्मा ४९ वटा पोखरीको छेउछाउमा अतिक्रमण गरेर घर टहरा निर्माण गरिएको छ। 

आज पश्चात क्रमश ती अतिक्रमित संरचनाहरु हटाउने कार्य जारी रहने पोखरेलको भनाई छ। पोखरीका संरचनाहरु अतिक्रमणमुक्त भइसकेपछि दोस्रो चरणमा मन्दिर परिसरलगायतका अन्य स्थानहरुमा अतिक्रमण गरेर बनाइएका संरचनाहरु हटाइने उनले जानकारी दिए।

प्रकाशित मिति: १२:४५ बजे, शनिबार, भदौ ६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्