Kathmandu Press

बालिका गरिमा चौधरीको हत्याको निष्पक्ष छानबिन गर्न उज्यालो नेपाल पार्टीको माग

पार्टीले एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारबाही गर्न विद्यमान कानुन अपर्याप्त भए आवश्यक कानुनी व्यवस्था तत्काल गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।
बालिका गरिमा चौधरीको हत्याको निष्पक्ष छानबिन गर्न उज्यालो नेपाल पार्टीको माग

काठमाडौं, भदाै ६ : उज्यालो नेपाल पार्टीले जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

पार्टीले एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारबाही गर्न विद्यमान कानुन अपर्याप्त भए आवश्यक कानुनी व्यवस्था तत्काल गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

‘उज्यालो नेपाल पार्टी घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कानुनी कारबाही तथा प्रहरीको सम्भावित लापरबाहीको समेत छानबिन गर्न सरकारसँग जोडदार माग गर्दछ । दोषीलाई कारबाही गर्न विद्यमान कानुन अपर्याप्त भए आवश्यक कानुनी व्यवस्था तत्काल गरेर भए पनि दोषीलाई कानुनको कठघरामा उभ्याउन उज्यालो नेपाल पार्टी जोडदार माग गर्दछ,’ विज्ञप्ति उल्लेख छ ।

पार्टीले यदि प्रहरीको लापरबाहीका कारण अपराध रोक्न सकिने अवस्था हुँदाहुँदै घटना भएको पुष्टि भएमा त्यसको जिम्मेवारी राज्यले लिनुपर्ने उल्लेख गरेको छ । पार्टीले घटनाको अनुसन्धानसँगै प्रहरीको सम्भावित लापरबाहीबारे समेत छुट्टै छानबिन गर्न सरकारसँग जोडदार माग गरेको छ ।

त्यसैगरी, पीडित परिवारको सुरक्षा, उचित राहत तथा न्यायको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ । 

प्रकाशित मिति: ०८:४४ बजे, शनिबार, भदौ ६, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्