Kathmandu Press

रास्वपा केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि संगठन विस्तारसम्म छलफल

पार्टीका अनुसार बैठकमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने, ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण गर्ने तथा साङ्गठनिक व्यवस्थापन र विभिन्न मनोनयनका विषयमा छलफल हुनेछ । 
रास्वपा केन्द्रीय समिति बैठक आज, उम्मेदवार छनोटदेखि संगठन विस्तारसम्म छलफल

काठमाडौँ, भदौ ५ : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा सुरु हुने भएको छ ।

पार्टीका अनुसार बैठकमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने, ‘राइट टु रिकल’ सम्बन्धी दस्ताबेज निर्माण गर्ने तथा साङ्गठनिक व्यवस्थापन र विभिन्न मनोनयनका विषयमा छलफल हुनेछ । 

केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य, विभागीय प्रमुख तथा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयनका विषय पनि बैठकको कार्यसूचीमा रहेका छन् ।

त्यस्तै, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यहरूको नेतृत्वमा स्थानीय तहमा उम्मेदवार छनोटसम्बन्धी अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ। पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा समेत बैठकले आवश्यक निर्णय लिने जनाएको छ ।

प्रकाशित मिति: ११:५६ बजे, शुक्रबार, भदौ ५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्