रौतहट, धनुषा र सर्लाहीका थप ६० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ १८ : प्रदेश २ को रौतहट, धनुषा, र सर्लाहीको थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल....

काठमाडौं, जेठ १८ : प्रदेश २ को रौतहट, धनुषा, र सर्लाहीको थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको २९, धनुषा २१ र सर्लाहीको १० जनामा संक्रमण देखिएकाे हाे। संक्रमित सबै क्वारेन्टाइनमा बस्दै आएका मानिसहरु रहेका छन्।
रौतहटको दुर्गाभगवती क्वारेन्टाइनको ८ जना, मदरसा क्वारेन्टाइनका १० र गौर क्वारेन्टाइन्का ११ जना गरी रौतहटका मात्र २९ जना रहेका छन्।
त्यस्तै, धनुषाको मुखियापट्टी मुसहरनिया क्वारेन्टाइनका ११, गोपाल धर्मशालाको ९ र गणेशमान चारनाथ नगरपालिकाका एक गरी २१ जना रहेका छन्।
त्यस्तै, सर्लाहीको हरिपुर नगरपालिकाका-७ र बहम्पुरी गाँउपालिकाको तीन जना गरी १० जना रहेका छन्।











