Kathmandu Press

सुनचाँदीको मूल्य बढ्यो 

बिहीबार प्रतितोला सुन ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो । 
सुनचाँदीको मूल्य बढ्यो 

काठमाडौं, भदौं ५ ः नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलमा ३३ सय रुपैयाँले बढेर ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

बिहीबार प्रतितोला सुन ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो । 

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघले चाँदीको मूल्य प्रतितोला १३० रुपैयाँले बढाएर ४ हजार ९८५ रुपैयाँ निर्धारण गरेको छ ।अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ११:५२ बजे, शुक्रबार, भदौ ५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्