Kathmandu Press

भरतपुर अस्पतालमा उपचाररत हेटौंडाकी गर्भवती महिला तीन दिनमै डिस्चार्ज

काठमाडौं, जेठ १८ : हेटौंडा उपमहानगरपालिका १ की कोरोना संक्रमित महिला तीन दिनमै डिस्चार्ज भएकी छिन्। चितवनको भरतपुर अस्पतालमा उपचाररत २५ वर्षीया गर्भवत....

भरतपुर अस्पतालमा उपचाररत हेटौंडाकी गर्भवती महिला तीन दिनमै डिस्चार्ज

काठमाडौं, जेठ १८ : हेटौंडा उपमहानगरपालिका १ की कोरोना संक्रमित महिला तीन दिनमै डिस्चार्ज भएकी छिन्। चितवनको भरतपुर अस्पतालमा उपचाररत २५ वर्षीया गर्भवती महिला आइतबार बिहान डिस्चार्ज भएकी हुन्।

पाँच महिनाकी गर्भवती रहेकी महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। 

भरतपुर कोभिड–१९ प्रयोगशालामा शनिबार दुई पटकसम्म गरिएको पीसीआर परीक्षणको रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। 

जेठ ९ गते चितवनबाट हेटौंडा पुगेकी महिलामा जेठ १४ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो। 

प्रकाशित मिति: १३:१४ बजे, आइतबार, जेठ १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्