स्याङ्जा र तनहुँका थप तीन जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ १८ : गण्डकी प्रदेशको स्याङ्जा र तनहुँका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्याङ्जाको गल्याङ नगरपालिकाका २७ र ४० व....

काठमाडौं, जेठ १८ : गण्डकी प्रदेशको स्याङ्जा र तनहुँका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्याङ्जाको गल्याङ नगरपालिकाका २७ र ४० वर्षका २ जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै, तनहुँको ऋषिङ गाउँपालिकाका २८ वर्षीय एक पुरूषमा कारोना संक्रमण देखिएको हो। गण्डकी प्रदेश स्वास्थ निर्देशनालयका अनुसार कोरोना संक्रमित तीनै जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २४ पुगेको छ। संक्रमितमध्ये बागलुङका २ र लमजुङका एक जना डिस्चार्ज भइसकेका छन्।
प्रकाशित मिति: १२:४७ बजे, आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











