Kathmandu Press

दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार मंगलबार

परिवारका केही सदस्यहरू नेपाल बाहिर रहेकाले उनीहरु आइपुगेपछि मंगलबार विहान ९ बजे शव यात्रासहित शोभा भगवती घाटमा अन्तिम संस्कार गरिने उनी निकट पत्रकार केके मानन्धरले जानकारी दिए।
दुर्गालाल श्रेष्ठको अन्तिम संस्कार मंगलबार

काठमाडौं, भदाै १ : नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको पार्थिव शरीरको अन्त्येष्टि मंगलबार विहान गरिने भएको छ। श्रेष्ठको गएराति बुढानीलकण्ठस्थित निवासमा ९३ वर्षको उमेरमा घरमै निधन भएको थियो।

परिवारका केही सदस्यहरू नेपाल बाहिर रहेकाले उनीहरु आइपुगेपछि मंगलबार विहान ९ बजे शव यात्रासहित शोभा भगवती घाटमा अन्तिम संस्कार गरिने उनी निकट पत्रकार केके मानन्धरले जानकारी दिए।

नेपाल भाषा परिषद्बाट दुई दशक अगाडि जनकविको उपाधिबाट सम्मानित श्रेष्ठ पछिल्लो ६ दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका थिए।

श्रेष्ठले नेपाल भाषासहित नेपालीमा पनि कविता, गीतसहित अन्य विधामा पनि कलम चलाएका छन्। नेपाल भाषामा उनका एक दर्जनभन्दा धेरै कृति प्रकाशित छन्। उनलाई २०१० मा जगदम्बा श्री पुरस्कार प्रदान गरिएको थियो।

प्रकाशित मिति: १६:४३ बजे, सोमबार, भदौ १, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्