Kathmandu Press

जोखिममा रहेका बस्ती तत्काल स्थानान्तरण गर्न सरकारसँग सांसद काउँचाको माग

‘यो केही सीमित जिल्ला, गाउँ वा घरपरिवारको मात्र समस्या होइन। लगातारको झरीले देशका सयौं बस्ती, सडक र मानवीय जीवन नै गम्भीर जोखिममा परेको छ,’ उनले भनिन्।
जोखिममा रहेका बस्ती तत्काल स्थानान्तरण गर्न सरकारसँग सांसद काउँचाको माग

काठमाडौं, भदाै १ : नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले निरन्तरको वर्षाका कारण बाढीपहिरोको जोखिममा रहेका बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेकी छन्। 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बागलुङ, रोल्पा, जाजरकोटलगायत जिल्लामा बाढीपहिरोबाट जनधनको क्षति भएको बताइन्।

काउँचाले बाग्लुङको निसीखोला–२ धाराटोलमा गएको पहिरोबाट नौ घरमा आंशिक क्षति पुगेको र करिब ४० घर उच्च जोखिममा रहेको बताइन्। उनका अनुसार तारा घर्ती र दिपक परियारको घर बस्न नमिल्ने भएपछि त्रिपालमुनि बस्न बाध्य छन्।

‘यो केही सीमित जिल्ला, गाउँ वा घरपरिवारको मात्र समस्या होइन। लगातारको झरीले देशका सयौं बस्ती, सडक र मानवीय जीवन नै गम्भीर जोखिममा परेको छ,’ उनले भनिन्।

काउँचाले विपद् आउनुअघि नै सरकारको पूर्वतयारी प्रभावकारी हुनुपर्ने बताइन्। उनले भनिन्, ‘हामी हरेक वर्ष मनसुन सुरु हुनासाथ उस्तै नियति भोग्छौं तर हाम्रो पूर्वतयारी सधैं फितलो रहन्छ।’

उनले जोखिममा रहेका बस्तीको तत्काल प्राविधिक मूल्यांकन गरी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरिन्।

प्रकाशित मिति: १६:३१ बजे, सोमबार, भदौ १, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्