Kathmandu Press

बाढीपहिरो पीडितको उद्धार र पुनस्र्थापनामा सरकारको पहिलो ध्यान हुनुपर्छ : सांसद अर्याल

अर्यालले रोल्पामा दुई दिनमै १८ जनाको ज्यान जानेगरी भएको घटना अत्यन्तै दुःखद र कहालीलाग्दो भएको बताइन्।
बाढीपहिरो पीडितको उद्धार र पुनस्र्थापनामा सरकारको पहिलो ध्यान हुनुपर्छ : सांसद अर्याल

काठमाडौं, भदाै १ : नेकपा एमाले सांसद पदम कुमारी अर्यालले अविरल वर्षाका कारण देशभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन्। 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद अर्यालले विपद्मा परेका नागरिकको तत्काल उद्धार, घाइतेको उपचार र विस्थापितको पुनस्र्थापनालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताइन्।

अर्यालले रोल्पामा दुई दिनमै १८ जनाको ज्यान जानेगरी भएको घटना अत्यन्तै दुःखद र कहालीलाग्दो भएको बताइन्।

उनले बाढीपहिरोका कारण बाजुरा, कास्कीको सीमालगायत देशका विभिन्न जिल्लामा ठूलो क्षति पुगेको बताइन्।

अर्यालले विपद्मा परेका तथा जोखिममा रहेका नागरिकको तत्काल उद्धार, घाइतेको उपचार र विस्थापित परिवारको पुनस्र्थापनाका लागि सरकारले पहिलो प्राथमिकतामा काम गर्नुपर्ने माग गरिन्।

उनले विपद्मा परेका नागरिकलाई सामान्य राहत उपलब्ध गराउँदैमा मात्र राज्यको अनुभूति नहुने बताउँदै संकटका बेला सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।

प्रकाशित मिति: १४:५३ बजे, सोमबार, भदौ १, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्