Kathmandu Press

प्रधानसेनापति सिग्देल र भारतीय सेनाध्यक्षबीच भेट 

भेटका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक मुख्यालयले बताएको छ।
प्रधानसेनापति सिग्देल र भारतीय सेनाध्यक्षबीच भेट 

काठमाडाैं, भदाै १ : प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच भेटवार्ता भएको छ। उनीहरुबीच सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको हो। 

भेटका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक मुख्यालयले बताएको छ।

प्रधानसेनापति सिग्देलको निमन्त्रणमा आइतबार काठमाडौं आइपुगेका सेठले टुँडिखेलस्थित सैनिक मञ्चमा माल्यार्पण गरेका थिए। त्यसपछि सैनिक मुख्यालयमा गार्ड अफ अनर लिएका थिए।

आजै उनले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत नेपाली सेनाको सम्मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न समेत प्राप्त गर्ने कार्यक्रम छ।

प्रकाशित मिति: १३:०६ बजे, सोमबार, भदौ १, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्