Kathmandu Press

जसपाले फिर्ता लियो मुख्यमन्त्री आचार्यलाई दिएको समर्थन

‘मुख्यमन्त्री चेतनारायण आचार्यले लिनुहुने विश्वासको मतको विपक्षमा मतदान गर्न जसपा, नेपालका लुम्बिनी प्रदेशसभा सदस्यज्यूहरूलाई पार्टीको निर्णयअनुसार निर्देश गरिन्छ।’
जसपाले फिर्ता लियो मुख्यमन्त्री आचार्यलाई दिएको समर्थन

लुम्बिनी, भदौ १ : जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई दिएको समर्थन फिर्ता लिएको छ।

जसपा नेपालले विज्ञप्ति निकालेरलुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री आचार्यको नेतृत्वमा रहेको प्रदेश सरकारलाई पार्टीले दिएको समर्थन फिर्ता लिएको जनाएका छन्। 

विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सदस्यहरुलाई निर्देशन समेत दिइएको छ। 

‘मुख्यमन्त्री चेतनारायण आचार्यले लिनुहुने विश्वासको मतको विपक्षमा मतदान गर्न जसपा, नेपालका लुम्बिनी प्रदेशसभा सदस्यज्यूहरूलाई पार्टीको निर्णयअनुसार निर्देश गरिन्छ,’ प्रदेश संसदीय दलका नेता सन्तोषकुमार पाण्डे र प्रदेशसभा सांसदलाई महासचिव झाले लेखेको पत्रमा भनिएको छ।

प्रकाशित मिति: ११:४८ बजे, सोमबार, भदौ १, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्