Kathmandu Press

परीक्षणबिनै झुलाघाट नाकाबाट भित्रिए एक हजार नेपाली

बैतडी, जेठ १८ : नेपाल–भारत सीमा झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिएका छन्। लगातार शनिबार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरि....

परीक्षणबिनै झुलाघाट नाकाबाट भित्रिए एक हजार नेपाली

बैतडी, जेठ १८ : नेपाल–भारत सीमा झुलाघाटबाट तीन दिनमा एक हजार ४८ जना स्वदेश भित्रिएका छन्। लगातार शनिबार तेस्रो दिन पनि नेपाली मजदुरको उद्धार गरिएको हो। बिहीबारदेखि शुरु गरिएको उद्धारमा शनिबार १८९ नेपाली स्वदेश भित्रिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। यस्तै तीन भारतीय पनि भारत गएका उनले बताए।

यसअघि शुक्रबार २८३ मजदुरलाई स्वदेश भित्र्याइएको थियो भने नौ भारतीय नागरिकलाई भारत पठाइएको थियो। बिहीबार पनि उक्त नाकाबाट ५७६ मजदुरलाई स्वदेश भित्र्याइएको थियो। स्वदेश भित्र्याइएका नागरिकहरू सुदूरपश्चिम र कर्णाली प्रदेशका छन्। स्वदेश फर्केका नागरिकलाई सम्बन्धित जिल्लामा पठाइएको र बैतडीको हकमा सम्बन्धित स्थानीय तहमा पठाइएको छ। उनीहरुलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि मात्रै कोरोना परीक्षण गरिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। 

झुलाघाट नाकाबाट स्वदेश भित्र्याउँदा सामान्य ज्वरो जाँच मात्रै गरी भित्र्याइएको छ। भारतका विभिन्न शहरबाट नेपाल प्रवेश गरेका उनीहरुलाई परीक्षणबिनै भित्र्याउँदा संक्रमणको जोखिम बढेको छ। 

प्रकाशित मिति: १२:१९ बजे, आइतबार, जेठ १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्