Kathmandu Press

कांग्रेस संस्थापनइतर समूहको भेलाबाट पाँच प्रतिवेदन पारित

शनिबार प्रस्तुत प्रस्तावमाथि विभिन्न समूह विभाजन गरी छलफल गरिएको थियो । समूहका टोली नेताले ती प्रस्तावमा केके विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा राखेका थिए।
कांग्रेस संस्थापनइतर समूहको भेलाबाट पाँच प्रतिवेदन पारित

काठमाडाैं, साउन ३१ : नेपाली कांग्रेस संस्थापनइतर समूहको भेलाबाट आइतबार (साउन २१) पाँच प्रतिवेदन पारित गरिएको छ। काठमाडौंको सुकेधारामा शुक्रबार (साउन २९)देखि भेला जारी छ ।

शुक्रबार पूर्वसभापति शेरबहादुर देउवाले भेलाको उद्घाटन गरेका थिए। भेलाअन्तर्गत शनिबार (साउन ३०) बन्दसत्र सुरु गर्दै विभिन्न प्रतिवेदन पेस गरिएको थियो।

भेलामा नेता विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए। पूर्वकोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव पेस गरेका थिए  नेता एनपी साउदले समसामयिक नीति र विषयसम्बन्धी, डा. प्रकाशशरण महतले नेपालको आर्थिक नीतिसम्बन्धी र रमेश लेखकले कानुन तथा विधानसम्बन्धी प्रस्ताव पेस गरेका थिए। यी प्रस्ताव परिमार्जनसहित पारित गरिएको हो।

शनिबार प्रस्तुत प्रस्तावमाथि विभिन्न समूह विभाजन गरी छलफल गरिएको थियो । समूहका टोली नेताले ती प्रस्तावमा केके विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा राखेका थिए।

प्रतिनिधिबाट प्राप्त धारणाबारे प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिएपछि परिमार्जनसहित पारित गरिएको नेताहरूले बताएका छन्।

प्रकाशित मिति: १३:५८ बजे, आइतबार, साउन ३१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्