Kathmandu Press

ब्रतबन्ध र विवाह पनि हिन्दु परम्परा गरेँ, मन्दिरमा पुजा गर्छु, त्यसैले म हिन्दु हुँ, हिन्दु : देउवा

‘मेरो ब्रतबन्ध र विवाह पनि हिन्दु परम्परा अनुसार भएको हो । म मन्दिर जान्छु । पशुपतिनाथको पूजा गर्छुु, त्यसैले म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ,’ देउवाले भने।
ब्रतबन्ध र विवाह पनि हिन्दु परम्परा गरेँ, मन्दिरमा पुजा गर्छु, त्यसैले म हिन्दु हुँ, हिन्दु : देउवा

काठमाडौं, साउन ३१ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू हिन्दू भएको बताएका छन्। 

आइतबार इतरपक्षको भेला मिराकल पार्टी भेन्युमा देउवालाई धर्मबारे स्पष्टता दिन हलबाट प्रश्न गरिएपछि  उनले आफू हिन्दु भएको प्रष्ट पारे। 

सोही क्रममा उनले आफ्नो विवाह र ब्रतबन्ध पनि हिन्दु परम्पराअनुसार भएको बताउँदै आफूले मन्दिरमा पुजा गर्ने भएकाले हिन्दू भएको बताए।

अहिले कसैले पनि आफूलाई हिन्दु होइन भन्न नपाउने देउवाले बताए। 

‘मेरो ब्रतबन्ध र विवाह पनि हिन्दु परम्परा अनुसार भएको हो । म मन्दिर जान्छु । पशुपतिनाथको पूजा गर्छुु, त्यसैले म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ,’ देउवाले भने।

देउवाले नेपाल धर्म निरपेक्ष मुलुक होस् भन्ने आफ्नो चाहना भए पनि जनताले जे भन्यो त्यही हुने बताउँदै आफू अरु धर्मविरोधी नभएको बताए।

‘म अरु धर्म विरोधी होइन, मैले आफूलाई हिन्दु हुँ भन्न पाउनुपर्‍यो नि,’ देउवाले भने।

प्रकाशित मिति: १३:५४ बजे, आइतबार, साउन ३१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्